विप्लवमाथि प्रतिबन्ध लगाएर गृहमन्त्री गए अष्ट्रिया

248

 

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि मंगलबार अष्ट्रिया प्रस्थान गरेका छन।

मन्त्रिपरिषदबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि गृहमन्त्रीको प्रस्ताव पारित भएको केही समयमा उनी हप्तादिने अष्ट्रिया भ्रमणमा निस्किएका हुन।

मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ लागेको समाचार एजेन्सी राससले लेखेको छ।

उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्गदिर्नेशन तय गर्ने बताएकफ छ। बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारबाहीका बारेमा जानकारी गराउने उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

यस्तै गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ।

मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्किनेछन।

Source link