प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थिति न्यूनिकरण गरौं : आइजीपी खनाल

271

प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थिति न्यूनिकरण गरौं : आइजीपी खनाल

झापा । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रहरी सडकमै उपस्थित हनुपर्ने अवस्था अन्त्य गर्न प्रविधि र उपकरणको प्रयोग गरी सडकमा प्रहरीको उपस्थितिलाई न्यूनीकरण गर्ने बताएका छन्। 

झापाको बिर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास गर्दै आइजीपी खनालले यस्तो बताएका हुन्। खनालले प्रतिकात्मकरुपमा नम्बर १ प्रदेशका ५ जना चालक र सहचालकलाई चालक ड्रेसकोड लगाई नम्बर १ प्रदेशको १५ दिने सडक दुर्घटना न्यूनीकरण अभियानको शुभारम्भ गरे। 

कार्यक्रममा साहारा नेपालको अगुवाईमा बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्थाबाट प्राप्त १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर र १० वटा सवारी साधन ह्‍विललक ट्राफिक प्रहरीलाई हस्तान्तरण समेत गरिएको थियो।

समुदाय सुरक्षित राख्ने प्रहरीको अभियान रहेको चर्चा गर्दै आइजीपी खनालले आमनागरिकको सहयोग र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।

ट्राफिक प्रहरीलाई साधन स्रोत सम्पन्न बनाई दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने गरी प्राप्त यस सहयोग अन्य जिल्लाका लागि समेत अनुकरणीय हुने खनालले बताए। 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार रिजालले ट्राफिक प्रहरीलाई प्राप्त सहयोगले आगामी दिनमा ट्राफिक प्रहरीलाई काम गर्ने वातावरण मिल्ने र काममा थप प्रभावकारिता हुने विश्‍वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस

Source link