
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोहामा हुने छनोटका लागि नेपाली यू-२३ खेलाडीलाई विदाई गरेको छ ।
कतारमा आयोजना हुने एएफसी छनोट खेलका लागि जाने २३ सदस्सीय टोलीको विदाई गरेको हो ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले विदाई गरेका थिए । नेपाली टोली मंगलबार नै दोहा प्रस्थान गर्ने छ । छनोट खेलहरु यही मार्च २२ देखि २६ सम्म हुनेछन् । सन् २०२० मा थाइल्याण्डमा हुने च्याम्पियनसिपका लागि छनोट खेलको आयोजना गरिएको हो ।
प्रतियोगिताको समुह ए मा रहेको नेपालले कतार, ओमान र अफगानिस्तानको सामना गर्ने छ ।
नेपाली टोली
अविशेक रिजाल, अन्जन बिष्ट, एरिक बिष्ट, अमित तामाङ, अनन्त तामाङ, अर्पण कार्की, असिम भुसाल, बिश्वास श्रेष्ठ,दिनेश राजवंशी, विकास खवास,बिमल घर्ति मगर र गौरव बुढाथोकी
त्यस्तै कमल श्रेष्ठ, प्रिजन तामाङ,धिरज श्रेष्ठ, हेमन्त थापा मगर, रोमन रसाइली,सुमन अर्याल,सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दिप कार्की टोलीमा अटाएका छन् ।
मुख्य प्रशिक्षक : बाल गोपाल महर्जन
सहायक प्रशिक्षक : सुमन श्रेष्ठ