४ लाख ३५ हजार रुपैयाँसहित १६ जुवाडे  पक्राउ

486

काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले ४ लाख ३५ हजार रुपैयाँसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।

प्रभागले उनीहरुलाई बानियाँटारबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ६ बुक तास पनि बरामद भएको छ ।

पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने प्रभागले जनाएको छ ।

ठूलो जुवा चलिरहेको गोप्य सूचनाको आधारमा प्रभागबाट खटिएको टोलीले जुवा अखडामा छापा मार्दा जुवाडेहरु राम बुढाथोकी, नमिर मियाँ, आयुष गुरुङ, ईश्वरलाल श्रेष्ठ, कृष्ण गुरुङ, गोपिराज गुरुङ, हर्क गुरुङ, दाल कुमार मगर, कष्ण श्रेष्ठ, नुर बहादुर गरुङ, बुद्धि तामाङ, राजाराम लामिछाने, रामवेद रिमाल र सुवास गुरुङलाई पक्राउ परेका हुन् ।