भक्तपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकार फासिवाद उन्मुख भएको आरोप लगाएको छ ।
विप्लवको हस्ताक्षरित विज्ञप्ती जारी गर्दै पार्टीले सरकार फासिवाद एवं गरिव निमुखा मजदुर वर्गको पेटमा लात हान्दै सरकार अधिनायकबादमा गएको आरोप लगाएका छन् ।
सरकार कम्पनी सामाजिक दलाल पूँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुँदैछ,’ विज्ञप्तिमा भनिएको छ, ’ हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध र पछिल्लो समय नेता कार्यकर्ताको गिरफ्तार फासिवादको भद्दा नमूना हो ।’
पार्टीका कोशी ब्युरो संयोजक धनश्याम श्रेष्ठ र ब्युरो सदस्य माधव गौतमलाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेपछि विप्लवले नै विज्ञप्ती जारी गरेका छन् ।
’गिरफ्तारीको पार्टी घोर भर्त्सना र निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिकएको छ । गिरफ्तार परेका पार्टीका नेतालाई तुरून्त रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत विप्लव समूहले दिएको छ ।
विज्ञप्ती मार्फत विप्लवले चैत १३ देखि २४ गते सम्मको विरोधको कार्यतालिका समेत प्रस्तुत गरेको छ ।
विभिन्न विरोधको कार्यक्रम सार्वजनिक गर्दै उनले चैत १६ गते शनिवार नेपाल बन्दको घोषणा समेत गरेका छन् । देशमा चली रहेको एस इइ परिक्षालाई मध्यनजर गर्दै शनिवार बन्द आयोजना गरिएको विज्ञप्तीमा बताईएको छ ।
विज्ञप्ती