काठमाडौं- ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
मंगलबार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अदालतमा बुझाइएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ। उक्त अभियोगपत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी पनि गरिएको छ।
पाठकले घुस लिने क्रममा विभिन्न व्यक्तिसँग गरेको बार्गेनिङ सम्बन्धि भिडियो समेत सार्वजनिक भइसकेको छ। घुस काण्डमा मुछिएका उनले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।