नजानिदो पाराले नै, तिर हान्ने तिम्रो बानी !
थोरै कुरा भन्दा मैले , धेरै जान्ने तिम्रो बानी !
जति टाढा हुन खोज्छौ , उहि मायाले नजिकिन्छौ
नजरको बल्छि हानि ,पास तान्ने तिम्रो बानी !
हँसिलो छ मुहारमा , देख्दिन त औंशी कैल्यै
जिन्दगीका दु:खलाई नि ,सुखै ठान्ने तिम्रो बानी !
ढाँट छल नगरे रै, मेहनेत मै रमाउछौ
नराम्रोलाई पर फालि, राम्रै छान्ने तिम्रो बानी !
दुई दिनको यो चोलामा , मन दु:खाई बाच्नु हुन्न
मोहनी त्यो बोलि बोल्दै , माया मान्ने तिम्रो बानी !
दुर्गाप्रसाद फुयाल उपमहासचिव – नेपाल निजामती कर्मचारी युनियन(संघ) केन्द्रिय कार्यसमिति