‘वालिकाहरुमात्रै हैन, वालकहरु पनि पीडित भइराखेका छन’

445

काठमाडौं । पछिल्लो समयमा वालिकाहरुमात्रै नभई वालकहरु पनि आफन्तलगायत विदेशीहरुबाट यौनदुव्र्यवहारमा पर्ने गरेको बताइएको छ ।

यौन दुव्र्यवहारबाट पीडित वालवालिकाको क्षेत्रमा विगत २० वर्षदेखि कार्यरत संस्था साथसाथ ले सामुदायीक प्रहरी सेवा केन्द्रमा आवद्ध प्रहरीको साथै काठमाडौं महानगरपालिका वडा नं ३, २६ र ३१का अध्यक्षलगायत सम्वन्धित सरोकारवालाहरुलाई सहभागी गराई शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी गराएको हो ।

‘विशेष गरेर १८ वर्ष मुनिका किशोर तथा साना वालकहरु पनि आफन्त र नेपालमा आउने गरेका विदेशीहरुबाट यौनदुव्र्यवहारमा पर्ने गरेको पाइयो’ साथसाथकी अध्यक्ष कविता शाहले भनीन ।

यौनहिंसामा पर्ने गरेका किशोर र वालकहरुको गुनासो न त परिवार र आफन्त कसैले पत्याउने नगरेको बताउँदै त्यस्ता वालकहरु डिप्रेशनको शिकार हुँदै आत्महत्यासम् मगर्न वाध्य भएको शाहले बताइन ।

कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पछिल्लो समयमा नावालिकादेखि ७० वर्षमाथिका वृद्धासमेत वलात्कार र यौनहिंसाको शिकार भएको उल्लेख गर्दै अब महानगरपालिकाले महानगरका सबै विद्यालयमा यसबारे सबै विद्यार्थीलाई समयमै सचेत गराउने खालको कक्षा सञ्चालन गर्ने बताइन ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरिक्षक किरण जंग कुँवरले सामाजिक सञ्जालका कारण धेरै वालववालिका यौनसिंहसामा पर्ने गरेको तथ्यांक औंल्याए भने महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख, डिएसपि विनोद घिमीरेले यस्ता घटना न्यूनिकरण र रोकथामको लागि सबैजना सचेत हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका ३१ नं वडाका अध्यक्ष नारायण प्रसाद भण्डारीको साथै साथसाथ संस्थाकी आस्था पालिखे राईले पनि बोलेका थिए ।