विस्काको रथ एकै दिनमा चरिचिंगर

388

भक्तपुरः भक्तपुरको प्रसिद्ध बिस्का जात्राको रथ एकै दिनमा चरिचिंगर भएको छ । रथ तान्ने पहिलो दिन नै प्यागोडा शैलीको भैरवनाथको तीनतले रथ बिग्रिएको हो ।
रथ तान्दै लग्दा भैरवनाथ मन्दिर अगाडीबाट दत्तात्रय सम्म पुगेको रथ फर्काउने बाटोमा विभिन्न घरहरुमा ठोकिदाँ चरिचिंगर भएको छ ।
बुधबार राति दत्तात्रयबाट टौमढीतर्फ लैजादै गर्दो घरमा ठोक्किएपछि रथ बिग्रिएको हो ।
तीन तल्ले रथको पहिलो र दोस्रो तल्लाको छाना पुरै खसेको छ ।
रथ बिग्रिएपछि गःहिटी र्पुयाउनुपर्ने रथ इनाचोमा अड्किएको थियो ।
बुधबार राति एक बजेसम्म तानेको रथ स्थानिय पोलमा ठोक्किर बिग्रिएर जिर्ण बनेपछि रथ नतानी उक्त स्थानमा नै छोडिएको थियो ।
रथलाई आज विहान तानेर गहिटी पुञ्याईएको छ । भने अव उक्त रथ जिणोंद्दार गरिनु पर्ने भएको छ ।
कार्यालयका अनुसार रथ बिग्रिएर मर्मत नगरी चलाउनै नसक्ने अबस्थामा पुगेको र चैत्र ३० गते ल्यासिंखेलमा नलगे लिङ्गो उठाउने जात्रा नहुने भएकाले बिग्रिएको रथको आजै गःहिटिमा मर्मत कार्य सुरु हुनेछ ।