हिन्दूराष्ट्र स्थापनार्थ कमल थापा धर्नामा

198

काठमाडौं । हिन्दूराष्ट्र स्थापनार्थ देश भरका स्थानीय तहमा विहिबार राप्रपा धर्नामा बसेको छ । कमल थापा सहित सम्पूण नेता कार्यकता आआफ्नो स्थानका स्थानीय निकायमा आज एक घण्टा धर्नामा बसेका हुन् ।

काठमाडौं महानगरपालिकामा राप्रपा अध्यक्ष कमल थापा लगाएतका नेता धर्नामा बसेका थिए भने अन्य जिल्लामा जिल्ला अध्यक्ष क्षेत्रिय अध्यक्ष नगर एवं गाउँपालिका अध्यक्ष लगाएतका विभिन्न तहका नेता कार्यकर्ताको अगुवाईमा देश भर नै स्थानीय तह घेराउ गरिएको हो ।
विभिन्न २२ मागहरु सरकार माझ बुझाएको राप्रपाले उक्त मागको विषयमा स्थानीय तहलाई जानकारी गराउने हेतुले आज देश भरका ७५४ स्थानीय तहमा नै धर्ना कार्यक्रम आयोजना गरेको थियो ।