आज देउवाले प्रधानमन्त्रीको शपथ लिने, सानो मन्त्रिमण्डल बिस्तार गर्ने

129

असार २९,
काठमाडौं । सर्वोच्च अदालतको परमआदेश पछि नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री पदबाट हटेका छन् । भने नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेपालको नयाँ प्रधानमन्त्री बन्ने भएका हुन् । देउवाले आज प्रधानमन्त्री पदको सपथ लिने र सानो संख्यामा गठबन्धनमा सहभागी दललाई मिलाएर मन्त्री मण्डल विस्तार गर्ने योजना बनाएको कांग्रेसका एक नेताले जानकारी दिए । काँग्रेसका सभापति देउवाले आज सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए ।

सोमबार विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला शीतल निवासबाट भोलि मंगलबार सपथ ग्रहणका लागि खबर आएको काँग्रेस नेताहरुले बैठकमा जानकारी गराएका थिए । त्यसपछि नेताहरुले सरकार कस्तो बनाउने भन्नेबारे छलफल गरेका थिए । सरकारमा जाने हकमा सानो आकारको मन्त्रिमण्डल बन्छ र भोलि बिहान फेरि पार्टीका शीर्ष नेताहरू बैठक बस्नुहुनेछ ’ उनले भने । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताए । तर दुबै पार्टीबाट सरकारमा को-को जाने तय भएको छैन् ।