मण्डनदेउपुरको पहलमा नगरकोटका होटल व्यवसायसंग आवद्ध सबैलाई खोप

130

साउन १९,
काभ्रे । नगरकोटमा रहेको होटल, रेष्टुरा र पर्यटन व्यवसायसंग आवद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान गरेकोे हो ।
नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङ्गका अनुसार होटल संचालक तथा होटलमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई खोप दिएको छ ।
नगरकोटमा रहेका होटलमा कार्यरत कर्मचारीहरुमा कोरोनाको जोखिम कम गर्न र सुरक्षीत पर्यटकिय गन्तव्य बनाउन कोरोना विरुद्धको खोप दिएका हौं, अध्यक्ष गुरुङ्गले भने ।
पर्यटन क्षेत्रसंग आवद्ध सबैलाई कोरोना भाइरसको खोप दिने कार्यक्रममा खोप तथा प्रविधिक सहयोग स्वास्थ्य कार्यालय काभ्रे र सुरक्षा व्यवस्थापन जिल्ला प्रशासन कार्यालय काभ्रेले गरेका थिए ।
नगरकोटमा रहेको होटल, रेष्टुरा र पर्यटन व्यवसायसंग आवद्ध र स्थानीय नागरिक गरि करिब ९ सय जनालाई भेरोसेल खोपको पहिलो दिइएको छ ।
उक्त खोप कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, वडा नम्बर १ का अध्यक्ष लक्ष्मण बस्ताकोटी, २ का केशव तिमिल्सिना, चाँगुनारायणका नगरपालिका ६ का वडा अध्यक्ष सन्ते वाइवा, मण्डनदेउपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेलगायतको उपस्थिति रहेको थियो ।