शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै !

67

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।