प्रधानमन्त्रीको प्रश्न पारसलाई क्रिकेट किन छाड्नुभयो ?

75

साउन ३०,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै भेटको प्रस्ताव गरेका थिए । त्यसअनुसार नै शनिबार भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिए ।

बालुवाटारमा भएको भेटमा देउवाले फोन सम्वादकै प्रश्न दोहोर्‍याए, ‘क्रिकेट किन छाड्नुभयो रु
खड्काले भने यो व्यक्तिगत निर्णय भएको बताए । आफूले राष्ट्रिय टिमबाट देशका लागि गर्नसक्ने जत्ति गरिसकेकाले सन्यास लिने निर्णयमा पुगेको उनले बताए ।

प्रधानमन्त्री देउवो अर्को प्रश्न सोधे, ‘अब के गर्नु हुन्छ रु पारसले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएपनि क्रिकेटबाट टाढा नहुने बताएका छन् । ‘क्रिकेट व्यवस्थापनमा रुची छ, तर एउटा व्यक्तिले मात्र केही गर्न सक्दैन’ पारस भन्छन्, ‘हामी सबै मिलेर अझ राम्रो बनाउन जरुरी छ ।’
प्रधानमन्त्री देउवाले पनि त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

पूर्व कप्तान पारससँग भएको भेटवार्ताको तस्वीर ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटले पाएको सफलताका लागि पारसलाई धन्यवाद दिएका छन् । उनले अघि लेखेका छन्, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङ्समा पनि सफलता मिलोस् । सरकारको साथ र सहगोग सधैं रहनेछ ।’