एमाले चाँगुनारायण ६ नम्बर वडाको अध्यक्षमा बास्तोला

286

कार्तिक ९,
भक्तपुर । नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधिस चोलेन्द्र शम्सेर जबराले मात्र नभएर संवैधानीक इजालसमा बस्ने अन्य न्यायाधिसले पनि राजीनामा दिनु पर्ने बताएका छन् । नेकपा एमाले चाँगुनारायण वडा न. ६ कमिटिको अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने ‘प्रधानन्यायधिसको राजीनामा हामीले मागेका छैनौं अरुले नै माग्नु थालिसक्नु भो । ’
वर्तमान सरकार मयुरको प्वाख लगाएको नक्कली काग भएको रहस्य खुल्दै गएको भन्दै बस्नेतले नेपालको न्यायालय कसरी चलेको छ भन्ने प्रष्ट भएको बताए ।
षडयन्त्र र मन्त्री पदको बार्गेनिङ्ग गरेर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारललाई हटाएको न्यायालयमा बस्ने अधिकार प्रधानन्यायाधिसलाई नभएकाले तुुरुन्तै राजीनामा दिनु पर्ने उनको भनाई छ ।
कार्यक्रममा एमाले केन्द्रिय कमिटि सदस्य सोम मिश्र, वडा अध्यक्ष सन्ते वाइवा, एमालेका नेता निरञ्जन बजगाइ, गोकुल लामिछानेलगायतले पार्टी एक ढिक्का भएर अगाडी बढेमात्र देशको विकाश हुने बताए । एमाले चाँगुनारायण वडा न. ६ कमिटिको प्रथम अधिवेशनबाट सुरज बास्तोलाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटि चयन भएको छ ।