जानुको ‘जूनजस्तो मुहार’ सार्वजनिक

89

पुस ४,
बेलायत । साहित्यमा सक्रिय रहेकी गीतकार जानुका काम्वाङ लिम्बुले आफ्नो नयाँ गीत ‘जूनजस्तो तिम्रो मुहार’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतलाई उनले युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
बुधबार बेलायतको समयअनुसार बिहान हाम्रै सेरोफेरो युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको गीतकार लिम्बुले जनाइन् । नेपालका चर्चित पाश्र्व गायक दीपक लिम्बु र जुनू राईको स्वर रहेको गीतमा सुमन राईको संगीत सुन्न सकिन्छ । अहिलेका व्यस्त म्यूजिक भिडियो निर्देशक युगल पोमोकोको निर्देशनमा रहेको गतिमा पोमो र सलमोन तामाङको कोरियोग्राफी रहेको छ । पौने पाँच मिनेट लामो रोमान्टिक गीतमा क्रिस्टिना थापा र कुन्साङ बोम्जनले अभिनय गरेका छन् ।

राजु कार्कीको एरेञ्ज, गोविन्द सोनीको मिक्सिङ मास्टरिङ, अनिल कुमारको सम्पादन र रंग संयोजन, बुद्ध थापाको सिनेमाटोग्राफी रहेको छ । त्यस्तै, भेषभूषामा भ्यालेन्टियोन बुटिककी सुनिता चौँलागाई, निर्माण प्रमुखमा मिलन थापा रहेका छन् । गीतको पोष्ट प्रोडक्सन जेनेक्स मिडिया नेपालको रहेको छ । साहित्यमा विशेषगरी गीत, कविता, निबन्ध, नियात्रा, कथा विधामा कलम चलाउने सर्जक लिम्बुले हालसम्म करिब डेढ सय गीतहरू रेकर्ड गराइसेकेकी छिन् । उनका तीन कृतिहरू प्रकाशित छन् । एक नियात्रा र दुई उपन्यासहरू प्रकाशोन्मुख रहेका छन् । उनका फुटकर लेख, निबन्ध गीतहरू पनि प्रशस्त मात्रामा प्रकाशित भएका छन् । https://youtu.be/3bdD4k4ZYQc