बागमती प्रदेशमा २५३ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

50

काठमाडौं- लोक सेवा आयोग बागमती प्रदेशले ठुलो संख्यामा स्वास्थ्यकर्मीको लागि आवेदन माग गरेको छ। आयोगले चौंथो तहका २५३ जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो।

सोमबार  आयोगले सूचना प्रकाशित गर्दै वैद्य ४ जना, अनमी ८९ जना, ल्याब असिस्टेन्ट ८ जना र १४४ जना अहेबको लागि आवेदन खुलाएको छ।

आयोगले परिक्षा आगामी चैतमा लिने जनाएको छ।