नेपालले लगातार दोस्रोपटक जित्यो सेन्ट्रल जोन महिला भलिबलको उपाधि

13
Players competing in Semi final match between Nepal and sri lanka women’s volley ball team during their match of SAG volleyball at Tripureshwor on Saturday. POST PHOTO : KESHAV THAPA

काठमाडौं । उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपललाले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गेको छ ।

साविक विजेता समेत रहेको नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

ढाकामा मंगलबार भएको ५ सेटको फाईनल खेलमा उज्वेकिस्तानविरूद्ध २६-२४,२४-२६,२५-१५,२२-१५,१५-११ को शानदार जित निकाल्दै नेपाल उपाधि रक्षा गर्न सफल भएको हो ।

पहिलो खेलमा श्रीलंकामाथि ३–२ को नाटकीय जित निकालेको नेपालले दोस्रो खेलमाा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै, तेस्रो खेलमा आयोजक बंगलादेशविरूद्ध ३-० को जित निकालेको थियो ।

चौथो खेलमा उज्वेकिस्तानविरूद्ध ३-० को जित निकालेको थियो । र चौथो खेलमा किर्गिस्तानलाई ३-० को सोभो सेटमा हराउदै अपराजि रहेर फाईनल पुगेको थियो ।

प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेश, किर्गीस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।