राज्यका सबै सहरमा अन्नपूर्णा भोजनालय खोलिने
गोरखपुर: भारतको दक्षिणी तमिलनाडु राज्यमा अम्मा अम्मा क्यान्टिनमार्फत जनतालाई केही रुपैयाँमा खाजा खाना खुवाइरहेका बेला उत्तरप्रदेशमा पनि त्यस्तै अभ्यास हुने भएको छ।
उत्तर प्रदेशको योगी आदित्यनाथको सरकारले चाँडै नै अन्नपूर्णा भोजनालय शुरू गर्ने भएको छ । यस भोजनालयमा मात्र तीन रुपैयाँमा खाजार र पाँच रुपैयाँमा खाना उपलब्ध गराइने भएको छ ।
सरकारी सूत्रलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अन्नपूर्णा भोजनालयको मस्यौदा तयार भइसकेको छ । यस मस्यौदाबारे उत्तरप्रदेशका मुख्य सचिवले जानकारी लिइसकेका छन् । अब १२ अप्रिलमा स्वयम् मूख्यमन्त्री योगी आदित्यनाथले पनि यसको प्रस्तुति हेर्ने भएका छन् ।
यस योजनामा बिहान खाजा, दिउँसोको खाना र रातिका लागि डिनरको व्यवस्था हुनेछ । यसमा नास्तामा दलिया, इड्ली-साम्भर, भुटेको चिउरा र र चिया-पकौडा हुनेछ । खानामा रोटी, मौसमको सब्जी, रहरको दाल र भात मिल्नेछ। अन्नपूर्णा भोजनालय युपीका सबै नगर निगममा खोलिनेछ ।
भोजनालय त्यहाँ खोलिनेछ, जहाँ गरिब र परिश्रम गर्ने मानिसहरुको संख्या धेरै रहेको छ । योगी सरकारको यो कदम सरकारको मानवीय स्वरुप सार्वजनिक गर्नका लागि पर्याप्त छ । योगी सरकारको यो कदमले युपीलाई अन्य राज्यभन्दा जनप्रेमी र पृथक बनाउनेछ ।
यसअघि अर्कातिर ७ अप्रिल अर्थात शुक्रवारबाट मध्य प्रदेशमा पनि दीनदयाल अन्त्योदय पसल योजनाको सुरुवात गरिएको छ । दीनदयाल पसलमा केबल ५ रुपैयाँमा जनतालाई खाना उपलब्ध गराइनेछ ।
यस पसललाई खोल्नुको प्रमुख कारण भनेको ग्रामणी बस्ती र अन्य राज्यबाट आएका मजदुरलाई तथा गरिबलाई थोरै मूल्यमा पौष्टिक खाना दिनुरहेको छ ।