चेल्सीको उपाधि यात्रा बलियो बन्दै, ७ अंकको अग्रता कायमै

376

लिग लिडर चेल्सीले इंंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नो शिर्षता कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३ – १ ले पराजित गर्दै चेल्सीले आफ्नो उपाधि यात्रा समेत कायम राखेको छ ।

बर्नेमाउथको घरेलु मैदानमा भएको खेलमा चेल्सीले एडम स्मिथको आत्मघाती गोलबाट १२ औ मिनेटमा अग्रता बनाएको थियो । खेलको २० औ मिनेटमा इडन हाजार्डले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो ।

तर, खेलको ५२ औ मिनेटमा बर्नेमाउथका जोसु किङले गोल गरेपछि पहिलो हाफमा चेल्सी २ – १ ले अघि रह्यो । त्यसपछि दोस्रो हाफको ६८ औ मिनेटमा मार्कोस अलोन्साले गोल गर्दै चेल्सीलाई ३ – १ ले जित दिलाए ।

जितसँगै लिग लिडर चेल्सीले ३१ खेलबाट ७५ अंक बनाएको छ । र, दोस्रो टोटनह्यामलाई ७ अंकले पछि पारेको छ । टोटनह्यामको ६८ अंक छ ।