अर्जेन्टिनाको फुटबल टोलीका प्रशिक्षक बर्खास्त

417

ब्युनोस आयर्स, चैत २९ – अर्जेन्टिनाले राष्ट्रिय टोलीका फुटबल प्रशिक्षक एडगार्डो बाउजालाई बर्खास्त गरेको छ ।

राष्ट्रिय टोलीले पछिल्लो समय खराब नतिजा निकालेपछि उनलाई बर्खास्त गरिएको हो ।

पछिल्ला आठ विश्वकप छनौट खेलमा अर्जेन्टिनाले मात्र तीन खेल जितेको छ । सन् २०१८ को विश्वकपमा टोली नपुग्ने खतरासमेत बढेको छ ।


‘हामी एउटा सम्झौतामा पुगेका छौँ । हामीले बाउजालाई राष्ट्रिय टोलीको प्रशिक्षकबाट हटाइएको जानकारी दिएका छौँ,’ अर्जेन्टिनी फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो टापियाले भने ।

अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनौट समूहको पाँचौ स्थानमा रहेको छ ।

यदी यही स्थानमा कायम रहे अर्जेन्टिनाले ओसिनिया टोलीसँग प्लेअफ खेल्नुपर्नेछ ।

चौँथो स्थानभन्दा १ अंकले पछि रहेको अर्जेन्टिना छैटौँ स्थानमा रहेको इक्वेडरभन्दा मात्र २ अंकले अघि रहेको छ ।

जेरार्डो टाटा मार्टिनोले राजिनामा दिएपछि गत अगस्तमा मात्र बाउजाले टोलीको नेतृत्व सम्हालेका थिए ।

चार खेलको प्रतिबन्धका कारण स्टार लियोनेल मेस्सीले आगामी तीन खेल गुमाउनेछन् । जसको कारण अर्जेन्टिना थप संकटमा देखिएको थियो ।

सेभियाका प्रशिक्षक जर्ज साम्पोली उनको स्थानमा आउने चर्चा छ ।