सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

394

काठमाडौं–  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार साँझ ५ बजेर चार मिनेटमा सिन्धुपाल्चोकको बरम्चीलाई केन्द्रबिन्दु बनाएर ४.२ म्‍याग्निच्यूडको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, काभ्रे र अन्य छिमेकी जिल्लामा पनि महसुस भएको छ ।

यसअघि दुई महिनाअघि रामेछापलाई केन्द्र बिन्दु बनाएर ४.७ म्‍याग्निच्यूडको परकम्प गएको थियो। २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाउँदै गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४७९ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ ।