काठमाडौं – काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा मौसम धुम्मिएको छ । काठमाडौंमा अहिले पानी पर्न थालेको छ । बिहान एकै छिन घाम लागे पनि अहिले मौमस धुम्मिएर पानी पर्न थालेको हो । पश्चिमी क्षेत्रबाट बादल क्रमश पूर्व सर्ने क्रममा रहेकाले मौसम धुम्मिएको मौसमविद्ले बताएका छन् ।
पश्चिमी क्षेत्रमा पनि अहिले पानी पर्न थालेको मौसमविद् राजु प्रधानांगले बताउनुभयो । सोमबार देशका सबैजसो ठाउँमा गडाङगुडुङसहित असिना पानी पर्ने प्रधानांगले बताउनुभयो ।
पश्चिमी क्षेत्रबाट आएको प्रभावका कारण सोमबार देशभर नै पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । पश्चिमी वायूका कारण बनेको बादल, निम्न चापिए रेखा र स्थानीय वायूको प्रभावका कारण मौसम एक्कासी बदली भएको मौसमविदले बताएका छन् ।