ललितपुर । गोदावरी नगरपालिकाले चापाँगाउँ टाखेल सडक खण्डमा रहेका घर संरचना हटाउनका लागि क्षतिपूर्ति लिएको र हालसम्म संरचना नटाएकालाई उक्त संरचना हटाउन आग्रह गरेको छ । नगरपालिकाले सूचना जारी गरी ३५ दिनभित्र उक्त घर टहरा हटाउन सूचना जारी गरेको हो ।
नगरपालिका क्षेत्रभित्र नेपाल सरकार उपत्यका नगर विकास समितिबाट चापाँगाउँ टाखेल सडक खण्डमा रहेका घर संरचना हटाउनका लागि क्षतिपूर्ति लिएको र हासम्म संरचना नटाइएका सबै घर धनीले क्षतिपूर्ति लिएका सबैलाई संरचना हटाउन आग्रह गरिएको गोदावरी नगरपालिकाले जनाएको छ ।
३५ दिनभित्र संचना नहटाएमा नगरपालिका उक्त संरचना हटाउने र संरचना हटाउँदा लागेको खर्च समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने व्यहोरा समेत सम्बन्धित सबैको सूचना जारी गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले बताउनुभयो ।