धर्मको नाममा राजनीति गर्न बन्द गरौँ : श्रेष्ठ 

49
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नेपालमा धर्मको नाममा राजनीति गर्ने र पदमा पुगेपछि धर्म नै छोड्नेहरूको लर्को बढेको आरोप लगाउनुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ६ कटुन्जेमा आयोजित श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सवमा उहाँले धर्मको नाममा राजनीति नगर्न आग्रह गर्नुभएको हो । उहाँले धर्म र राजनीति दुवै एकै हो धर्म पनि सेवा गर्न नै गर्ने हो राजनीति पनि सेवा गर्न नै गर्ने हो तर यहाँ धर्मका नाममा व्यापार गरी हिन्दु धर्म नै मास्ने काम पनि भएको उहाँले बताउनुभयो ।
उहाँले धर्ममा सबैलाई लगाउन सकेमा युवा कुलत बाटा जोगिने समेत बताउनुभएको थियो ।
एक धर्मका अनुयायीले अन्य धर्मालम्वीहरुको धर्ममा भएको आक्रमण भने रोकिनु पर्नेमा उहाँले जोड दिनुभएको थियो ।
कटुन्जेमा श्री १०८ तारतमसागर पाठ पारायण सप्ताह ज्ञान महायज्ञसहित ‘श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव–२०७९’ भई रहेको छ ।