साझेदार दल भन्छन् साँझ सम्म मन्त्रिमण्डल विस्तार हुन्छ

105

भक्तपुर । सत्ता साझेदार दलहरुबीच हप्ता देखि चलेको छलफलले आज टुंगोमा पुग्ने भएको छ ।
मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहिबार बिहान छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । “जुन जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरु पुनः आउनुपरेन । जसको टुङ्गिएको छैन, उहाँहरुले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति भएको छ”, नेता श्रेष्ठले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिनुभएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । “कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ । त्यसलाई संस्थागतरुपमा निर्णय गरौँ भनिएको हो”, उहाँले भन्नुभयो ।

बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा ९माओवादी केन्द्र०ले पाँच, नेकपा ९एकीकृत समाजवादी० र जसपाले दुईरदुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एकरएक मन्त्रालय लिने तय भएको छ । बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागिता थियो ।