दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुरका खेलाडीले करातेमा जिते पाँच पदक

43

भक्तपुर । बागमती प्रदेशको हेटौंडामा जारी प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा भक्तपुरका कराते खेलाडीले पाँच पदक हाँसिल गरेका छन् ।

कराते खेलमा भावना राई प्रथम हुँदै स्वर्ण पदक हात पारेकी छन् भने दिप्सना श्रेष्ठ, तारा तामाङ, सजिना तामाङ, ऋसब राजबाहकले तेस्रो स्थान हात पारेका भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।

उहाँले सम्पूर्ण खेलमा पदक विजेता खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भक्तपुरको शिर उचो बनाउन गुर्नभएको मिहेनतको कदर गर्नुभयो ।

प्रतियोगितामा खेलाडीहरूको लागि दिन रात खट्ने टिम कोचहरु,टिम भक्तपुर बाट प्रतिस्पर्धा गर्ने सम्पूर्ण खेलाडीहरु प्रति भक्तपुर जिल्ला खेलकुद बिकास समिति आभारी रहेको समेत उहाँले बताउनुभयो ।