भक्तपुर । मनोरन्जन थापाको नेतृत्वमा भक्तपुर जिल्ला बेसबल तथा सफ्टबल संघ गठन भएको छ ।
बुधबार भक्तपुर जिल्ला विकास समितिका अध्यक्ष दिपक थापाको प्रमुख अतिथिमा आयोजना गरीएको भेलाले मनोरन्जनको नेतृत्वमा ९ सदस्य भक्तपुर जिल्ला बेसबल तथा सफ्टबल संघ गठन गरेको हो ।
जिल्ला संघको उपाध्यक्षमा पूर्जा भण्डारी र ज्ञान किशोर केसी (खत्री) चयन हुनु भएको छ भने सचिवमा विजय खत्री र कोषाध्यक्षमा उज्वल राउत चयन हुनु भएको छ । यस्तै, सदस्यहरुमा सविना रञ्जितकार, निश्चल केसी, सगुन खिचाजु र रोहन खत्री चयन हुनु भएको छ ।
भक्तपुर बेसबल तथा सफ्टबल संघ तदर्थ समितिकी संयोजक पुजा भण्डारीको अध्यक्षतामा बसेको भेलामा नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रदिप कुमार खत्री, सचिव संजिव फयाल केसी, कोषध्यक्ष उपेन्द्र विक्रम लामा र केन्द्रिय सदस्य रोशन थापाको उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै भक्तपुर जिल्ला विकास समितिका अध्यक्ष थापाले जिल्ला भित्र कम्तिमा पनि बर्षको एउटा मात्रै भएपनि प्रतियोगिता आयोजना गर्न नव निर्वाचित कार्य समितिका पदाधिकारीहलाई आग्रह गर्नुभयो । उहाँले जिल्लाभित्र खेलकुद विकासका लागि आफू हर सम्भव सहयोग गर्न तयारी रहेको पनि प्रतिबद्धता जनाउनुभयो ।
भेलालाई सम्बोधन गर्दै केन्द्रिय संघका वरिष्ठ उपाध्यक्ष खत्रीले भक्तपुर जिल्लामा बेसबल तथा सफ्टबल खेलको विकासका लागि केन्द्रिय संघ सधै तत्पर रहेको उल्लेख गर्दै भक्तपुरमा बेसबल खेलको प्रतियोगिताहरु आयोजना गरि राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीहरु उत्पाद गर्ने प्रतिवद्धता जनाउनुभयो ।
भक्तपुरमा २ सय जना भन्दा बढी बेसबल खेलसँग सम्बन्धीत खेलाडिहरु छन् भने सन् २०२३ मा पाकिस्तानको इस्लामाबादमा आयोजना भएको १५औँ बीएफए वेस्ट एसिया बेसबल कपमा भक्तपुरका ७ जना खेलाडी छनोट भई सहभागी भएका थिए ।
बेसबल खेलको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पनि भक्तपुर कै रोशन थापा छन् । थापा केन्द्रिय संघका सदस्य समेत हुन् ।