आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दै

79

काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ। पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ।

उता पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ। तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ। नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाएनल खेल रहेको छ। प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्।

समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

नेपालको टोलीमा कप्तान रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल रहेका छन् ।