फिउचर स्टारमा २०१ जनाको आँखा जाँच,२ जनाको आँखा शल्यक्रिया गर्नु पर्ने

२६ जनाले रक्तदान गरे

58

भक्तपुर । फिउचर स्टार स्कुलको आयोजनामा भएको आँखा शिविरमा २०१ जनाले निःशुल्क आँखा जाँच गराएका छन् ।
विद्यालयको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा २०१ जनाले सेवा लिएका हुन् ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ८ खापीमा रहेको विद्यालयले समुदायमा आधारित कार्यक्रम अन्तर्गत आँखा शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको विद्यालयले जानकारी दिएको छ ।
ख्वप तिलगंगा आँखा अस्पतालको सहयोगमा आँखा शिविर आयोजना गरिएको थियो ।
आँखा शिविरमा २ जनामा मोतीबिन्दु देखिएको ख्वप तिलगंगा आँखा अस्पतालका डाक्टर धिरज अधिकारीले जानकारी दिनुभयो ।


उहाँका अनुसार प्राय बिरामीमा हालको डिजिटल उपकरणको प्रयोगले हुने समस्या देखिएको समेत उहाँले जानकारी दिनुभयो ।
यस्तै विद्यालयले आयोजना गरेको रक्तदानमा २६ जनाले रक्तदान गरेका थिए ।
देशैमा बिरामीलाई रगतको अभाव नहोस् भनी गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रगत दिएको आयोजकले जानकारी दिएका छन् ।