विद्यालय तथा समुदाय सुधारमा जस्तो सुकै सहयोग गर्न तत्पर: बागमती प्रदेश सदस्य थापा 

144

 भक्तपुर । बागमती प्रदेश सभा सदस्य किरण थापामगरले विद्यालय तथा समुदाय सुधारका लागि आफू जस्तो सुकै सहयोग गर्न तत्पर भएको बताउनुभएको छ ।

फिउचर स्टार इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा भएको आँखा शिविर तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालय सुधार तथा समुदायको उन्नतिको लागि आफू जस्तो सुकै सहयोग गर्न तत्पर भएको बताउनुभएको हो ।

विद्यालयको आयोजनामा भएको आँखा शिविरमा आफ्नो आँखा चेक गराउँदै उहाँले प्रदूषणका कारण हाल धेरै मानिसमा आँखाको समस्या भएको हुन सक्ने बताउँदै यसरी विद्यालय तथा समुदायले निःशुल्क आँखा शिविर गर्नु पर्ने बताउनुभयो ।

निःशुल्क आँखा शिविर गर्दा अस्पताल सम्म पहुँच नभएका जनताले समेत उपचार पाउने बताउँदै उहाँले विद्यालयले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्नेमा आफू विश्वस्त भएको बताउनुभएको थियो ।

आँखा शिविरमा २०१ जनाले सेवा लिएका थिए । भने रक्तदानमा २६ जनाले रक्तदान गरेको  कार्यक्रम संयोजक गणेश सुकमनीले जानकारी दिनुभयो ।