जाजरकोट भूकम्प : ९१० घर पूर्णरूपले नष्ट, दुईहजार ८६१ घरमा आंशिक क्षति

64

काठमाडौं । जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् ।