काठमाडौं। अर्घाखाँचीको नेवार समुदायको लोकप्रिय भैरव नाँच काठमाडौं महानगरपालिका वडा नम्बर २४ हनुमानढोका बसन्तपुरमा (काल भैरव अगाडी) यही कार्तिक २२ गते बुधबार साँझ ५ बजेदेखि नाच्ने भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ पटुवाथुमको भैरव नाच्ने वडा अध्यक्ष माधव श्रेष्ठले बताए ।मंगलबार एक कार्यक्रमका बिच भैरव समुहलाई सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,उपप्रमुख मिश्रा आचार्य लगायतले बिदाई गरेका छन । अर्घाखाँची जन्म थलो भइ काठमाण्डौमा कर्मथलो बनाएकाहरुको माग बमोजिम भैरव नाच नाच्नको लागि त्यहाँ गएको बताएको छ ।
नाचमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ ।यस्तै अर्के तर्फ यसमा घोडचढी नाच,लाउरे लाहुरेनी नाच, टाकन टुकन नाच लगायतका नाच भैरव नाचका विशेषता छन ।यो नाचमा फरक फरका ७ वटा थुन हुन्छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिने प्रचलन छ ।
भैरव नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ ।