दिनहुँ गाँजाको प्रयोगले हार्ट फेलियरको जोखिम

128
sadhu smokes marijuana at Pashupatinath on Thursday,Feb 24,2017 Photo: Pratik Rayamajhi/Nagarik/Republica

राजेश दिदिया

भक्तपुर । नेपालमा दिनहुँ जसो समाचारहरूमा गाँजाका कारण हामी आत्मनिर्भर हुन सक्छौँ । गाँजा खेती गर्न दिनु पर्‍यो आदी इत्यादि समाचार पढ्दै आएका छौ र यसको विषयमा चोक चोक चिया पसल देखि सदन सम्म पनि चर्चा चल्दै गर्दा यो मानव जीवनका लागि भने निकै हानिकारक तत्त्व भएको खुल्न आएको छ ।

गाँजा लुगा बनाउन वा सजावटका सामग्री बनाउन, कागज बनाउन उपयुक्त बिरुवा हुन सक्छ तर यो दिनहुँ प्रयोगले भने हार्ट फेलियरको जोखिम उच्च हुने अध्ययनले देखाएको छ । गाँजाका सेवनको अनेकौँ लाभ हुन्छ भनेर हामीले बेला बेलामा सुनिरहेका छौँ । तर गाँजा सेवनलाई बानी नै बनाउनु भने जोखिमरहित नभएको नयाँ अध्ययनले देखाएको छ ।

नियमित रूपमा गाँजाको सेवनले हर्ट अट्याक र हर्ट स्ट्रोक जस्ता मुटुसम्बन्धी समस्याहरूको जोखिम ह्वात्तै बढाउने अमेरिकन हर्ट एसोसिएसनले गरेको एउटा अध्ययनले देखाएको छ । अध्ययनको नतिजा अनुसार गाँजा सेवन यसअघि हामीले सुनेको वा आशङ्का गरेकोभन्दा पनि धेरै चिन्ताकारी छ । खास गरी नियमित रूपमा सेवन गरिरहेकाहरू र दीर्घ स्वास्थ्य समस्या भएकाहरूका लागि ।

एउटा अध्ययनमा बाल्टिमोरस्थित मेडस्टार हेल्थले १ लाख ५६ हजार ९९९ जनाको डेटा हेरेको थियो । यस क्रममा कहिले पनि गाँजा नखानेको तुलनामा दैनिक रूपमा गाँजा सेवन गर्नेमा हर्ट फेलियर हुने जोखिम ३४ प्रतिशत उच्च पाइयो ।

स्वास्थ्य समस्या भएर गाँजा सेवन गर्नै पर्ने बाहेकको कुनै पनि रूपमा गरिने सेवनलाई अध्ययनमा गाँजा प्रयोग भनेर भनिएको थियो । गाँजाले स्वास्थ्यमा कसरी असर पु¥याउँछ भने अध्ययनले थप प्रमाण दिएको अध्ययनका लेखक तथा मेडस्टारमा डाक्टर याकुबु बेन–अल्हासानले भनेका थिए ।

यो अध्ययनले गाँजा प्रयोगबारे थप अध्ययन गर्न अनुसन्धानकर्ताहरूलाई प्रेरित गरेको उनी बताउँछन् । अर्को अध्ययनले भने वृद्ध वयस्कहरूमा गाँजाको प्रयोगले स्वास्थ्य समस्या झनै बढाउने देखाएको थियो ।

गाँजा प्रयोगको लत लागेका बिरामीहरूमा हृदय वा मस्तिष्क घात हुने सम्भावना उच्च पाइएको थियो । गाँजाको दीर्घकालीन प्रयोगले स्वास्थ्यमा पार्न सक्ने असरहरू अहिलेसम्म स्पष्ट भइसकेका छैनन् । यद्यपि, यसले गाँजाको प्रयोग र मुटुको स्वास्थ्यबारे सतर्क हुनु पर्ने देखाएको छ ।