सलिको गल्फ प्रतियोगिता जित्नेलाई हेलिकप्टरबाट गोसाईकुण्ड शयर गराइने

186

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता—२०२३ मा पुरुषतर्फ विजयी हुने खेलाडी र उनको पत्निलाई हेलिकप्टरबाट गोसाईकुण्डको शयर गराउने भएको छ ।
सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक भएपछि पहिलोपल्ट यो प्रतियोेगिता आयोजना गर्न लागिएको हो ।
यही मंसीर १५ र १६ गते रोयल नेपाल गल्फ क्लव, एयरपोर्ट सिनामंगलको खेल मैदानमा खेलाइने सो प्रतियोगिताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।
रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले प्रतियोगिताको १६ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको बताउँदै सो प्रतियोगितामा पुरुष, महिला, जुनियर गल्र्स र जुनियर ब्वाइज खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिता सिनीयरतर्फ १८ होलमा र जुनियर तर्फ९ होलको हुनेछ ।
पत्रकार सम्मेलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपाली गल्फ खेलको विकासमा टेवा पु¥याउने र नयाँ पुस्तालाई गल्फ खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकोबताए ।
सो कम्पनीकी उप—प्रमुख कार्यकारी निर्देशक बरिष्मा आचार्यले नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले आफूहरुले गल्फको साथैफुटबल लगायतका खेलमा लगानी गर्दै आएको बताइन् ।