माता महाकाली महिला साकोसका अध्यक्षमा साँगाछे 

312
भक्तपुर । माता महाकाली महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृतिका साँगाछे निर्वाचित हुनुभएको छ ।
सहकारीको १४ औँ वार्षिक साधार सभा तथा चौथो अधिवेशनबाट उहाँ सर्वसम्मत आगामी कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।
यस्तै सहकारीको साधारण सभाले उपाध्यक्षमा सुमित्रा बासुकला सचिवमा ज्वाला त्यात, कोषाध्यक्षमा शान्ति कासुला, सदस्यहरूमा शान्ति श्रेष्ठ, विमला जोशी र शामेश्वरी गोसाईं सर्वसम्मत निर्वाचित गरेको छ ।
सहकारीको लेखा समिति संयोजकमा भने अनिता नायमा र सदस्यहरूमा रञ्जना जति र कृष्णमाया कोजु निर्वाचित हुनुभएको हो ।
सहकारीको साधारण सभाका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष डा. हरे राम सुवालले महिलाहरूले मात्र सञ्चालन गर्दै आएको जे पनि सफल हुने बताउँदै यो सहकारीलाई पनि कसरी उदाहरणीय बनाउने महिलाहरूको नै जिम्मा भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाको प्रगति विवरण संस्थाकी सचिव अनिता नायमाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन भने रञ्जना जतिले प्रस्तुत गर्नुभएको थियो ।
सुनिता कारञ्जितको सभापतित्वमा सम्पन्न साधारण सभाले आगामी आर्थिक वर्षमा गरिने विभिन्न कार्यक्रमहरू समेत पास गरेको थियो ।