ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८३- ८४ सम्म एक घर एक धारा पुर्याउने गरी लक्ष्य निर्धारण गरेको छ । गाउँपालिकाका प्रत्येक घरमा चार वर्षभित्रमा खानेपानीको धारो पुर्याउने गरी लक्ष्य निर्धारणा गरेको हो । गाउँपालिकाले वार्षिक क्यालेण्डरलाई आवधिक गर्ने, कर्मचारीलाई उपयुक्त समय सापेक्ष पुनताजकी तालिम प्रदान गर्ने, विस्तृत परियोजा प्रस्ताव अन्य प्रतिवेदन अद्यावधिक गर्ने, विपत व्यवस्थापन कोष तथा अन्य प्रतिवेदनहरुको पुनारावलोक गर्ने कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामुदायिक वन मार्फत आय बढाउन जडिवुटी खेती लगायत अध्ययन र अनुसन्धान गरी ग्रीन पार्क र जंगल पार्क अबधारणा अगाडि बढाउने, फोहोरमैला व्यवस्थापन रोजगार सेवा केन्द्रसँग समन्व्य गरी कार्य अगाडि बढाउने र गाउँपालिकाको गुरुयोजना अनुसारको बजेट विनियोजन गरी बहुवर्षिय आयोजना कार्यान्वयन गर्ने नीतिलाई क्रमिकरुपमा कार्यान्वयन गर्दै जाने गाउँपालिकाले जनाएको छ ।