स्थानीय पाठयक्रम निर्माण गर्ने चार जना बिज्ञा सम्मानित

40

दैलेख । दुल्लु नगरपालिकाले पाठ्यक्रम निर्माण गर्ने चार जना विज्ञहरुलाई शुक्रवार सम्मान गरेको छ।
दुल्लु नगरपालिकाले स्थानीय पाठ्यक्रम “हाम्रो संस्कृति: हाम्रो परम्परा” निर्माण गरेबापत चार जना बिषय विज्ञ लाई सम्मानित गरेको हो।
सम्मानित हुनेमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा, साहित्यकार दुल्लु नपा ७ निवासी डा. मधुसुदन गीरी, भैरवी गाउँपालिका २ हुमेगाउ निवासी साहित्यकार ओम रिजाल, भैरबी गाउँपालिका ३ कोइराला निवासी लोक साहित्यका विज्ञ नारायण तिमिल्सेना लाई सम्मानित भएका हुन।
स्थानीय पाठ्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा , निर्माण समितिको तिमिल्सेना संयोजक , भण्डारी र रिजाल सदस्य रहेका थिए ।
स्थानीय पाठ्यक्रम को प्रबोधिकरण कार्यक्रमको क्रममा सम्मानित गरिएको दुल्लु नगरपालिकाको उप प्रमुख बिना कार्कीले जाकारी दिईन । संस्कृति संरक्षणमा विज्ञहरुको मेहेनत को कारण पाठ्यक्रम तयार भएको र यसले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरिन ।
त्यसैगरी प्रदेश सभा सदस्य घनश्याम भन्डारीले पैसाको लागि नभएर पहिचान को लागी तयार परिएको पाठ्यक्रम प्रबोधिकरणले संस्कृति संरक्षणमा नयाँ ऊर्जा प्राप्त भएको बताए । पालिकाले सम्मानित गर्दा आफूले गरेको कर्म प्रति गौरव को अनुभूति भएको संयोजक नारायण तिमिल्सेनाले बताए ।