नागार्जुनमा स्वास्थ्य बीमा शुभारम्भ

136

काठमाडौँ । नागार्जुन नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन गरेको छ । नगरपालिका प्रमुख र उप्रमुखले स्वाथ्य बीमाको कार्ड ग्रहण गरेर स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन भएको घोषणा गरिएको हो । आइतबार नगरपालिकाको सभा हलमा औचपारिक कार्यक्रमका बीचमा नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत र उपप्रमुख सुशीला अधिकारीले स्वास्थ्य बीमाको फम भरी स्वास्थ्य बीमा गरेको घोषणा गर्दै सबै नगरबासीका लागि नै स्वास्थ्य बीमाको शुभारम्भ भएको घोषणा गरिएको छ ।
माघ २ गतेदेखि सबै नागार्जुन नगरबासीले स्वास्थ्य बीम कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागि हुनेछ । महिला स्वास्थ्य स्वयम् सेविका र स्थानीय तहका जनप्रतिनिधिले नगरबासीलाई स्वास्थ्य बीमा गर्न सहिजकरण गर्दै अभिप्रेरित गर्नेछन् ।
कार्यक्रममा नगरपालिका प्रमुखबहादुर बस्नेतले नागार्जुन नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेकाले सबै नगरबासीलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागि हुन आग्रह गर्नुभयो । नगरबासीको स्वास्थ्य प्रति नगरपालिका सधै सचेत रहेको भन्दै स्वास्थ्य बीमा कार्यक्रममले विपन्न नागरिकलाई ठूलो राहत प्रदान गर्ने भन्दै स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।


नगरपालिका उपप्रमुख सुशीला अधिकारीले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नगरबासीलाई थप सचेत पार्दै जानुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीले २०७२ सालमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमको दैनिक लोकप्रियता बढ्दै गएको भन्दै आगामी दिनमा सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्दै जाने नीति बनाएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष महेश रिमाल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम सुवेदी लगायतले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीताका बारेमा स्पष्ट पार्नुभएको थियो ।