सङ्गठन गर्नुस् कुनै दलसँग पनि गठबन्धन गर्नु पर्दैन-जीतजंग बस्नेत

33
विकास प्रहर
भक्तपुर । नेपाली काँग्रेस चाँगुनारायण ८ नम्बर वडा कार्यसमितिको प्रथम वडा सम्मेलनलाई उद्घाटन गर्दै नबनिर्बाचित राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले भने,” सङ्गठन गर्नुस् कुनै दलसँग पनि गठबन्धन गर्नु पर्दैन।
हामी आफ्नो नेतालाई गाली गरेर बस्छौँ  अनि सङ्गठन भएन भनेर सामाजिक सञ्जाल र चिया पसलमा कुरा गर्छौँ।
केन्द्रमा नेताहरू झगडा गरेर बस्या छन् वडा,नगरमा किन सङ्गठन गर्ने भनेर बस्या छौँ।
हैन केन्द्रमा जे भए पनि तल्लो तहमा सङ्गठन गर्न के ले रोक्या छ?” उनले पुराना नेतालाई सम्मान गर्ने परिपाटी हराउँदै जाँदा काँग्रेसमा बेतिथि बढेको बताए।
उनले स्थानीय तहमा भ्रष्टाचार व्याप्त भएकोमा चिन्ता व्यक्त गर्दै कानुनी राज्य स्थापित गर्न काँग्रेस लागि परेकोले आफ्नै नेता पनि जेल जान तयार हुनुपर्ने बताए।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले प्रदेशबाट छुट्टिएको बजेट १० वटै वडामा समानुपातिक रूपमा वितरण गरेको बताए। उनले आफू नीति निर्माण र विकास निर्माणमा सहभागी हुनु परेको कारण जनताको चाहना अनुमान जनताको माग सम्बोधन गर्न नसकेको बताए।
 कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले कार्यकर्तालाई बजेट बाढ्ने भन्दा पनि आबस्यक्ताका आधारमा बजेट विनियोजन गरिएको बताए। उनले नौ वटै वडा कार्यालय र स्वास्थ्य कार्यालयलाई सडक सञ्जालसँग जोड्न प्राथमिकतामा राखिएको जानकारी दिँदै अघिल्लो सरकारले ५ वर्षमा गर्न नसकेको काम डेढ वर्षमा गरेको बताए। कार्यक्रममा वडामा योगदान पुर्‍याएका नेपाली काँग्रेसका अग्रज नेताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा यादव अधिकारी,शिवहरि के सी, जयन्द्र खड्का,रबी राणा ,जनक खत्री लगायतले पार्टीले मलाई के दियो र भन्दा पनि पार्टीलाई मैले के योगदान गर्न सकेँ भनेर मनन गर्नु पर्ने बताएका थिए। कार्यक्रममा जिल्ला पार्टी कार्यालय भवन निर्माण कोलागि २० लाख सहयोग गर्ने युवा नेता रबी राणालाई सम्मान गरिएको थियो। कार्यक्रम ८ नम्बर वडा कार्य समिति सभापति तीर्थराज घोरसैनीको सभापतित्वमा सम्पन्न भएको थियो।