राधाकृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण 

90

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ छालिङ स्थित राधाकृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
गरिब तथा जेहेन्दार ४२ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
कपडा वितरण गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालय सुधार गर्न शिक्षकको ठुलो भूमिका रहेको बताउनुभयो । उहाँले हामी अभिभावक र शिक्षक सुधार हुन सके हरेक सामुदायिक विद्यालय सुधार हुने उहाँको तर्क थियो ।
सामुदायिक विद्यालयका शिक्षक हरेक अव्वल हुनुहुन्छ तपाईँहरू शिक्षा सेवा आयोग तथा विभिन्न परीक्षा पास गरेर मात्र शिक्षक हुन सबल हुनुभएको छ तपाईँहरूको सानो मिहेनत र अभिभावकले यसमा आफ्ना नानीबाबुको विषयमा ध्यान दिन सके हरेक सामुदायिक विद्यालय अव्वल हुने छन् । श्रेष्ठले बताउनुभयो ।
अभिभावकले सोच्छन् हामीले सामुदायिक विद्यालयमा सित्तैँमा त पढाएका हौ नि तर यो हैन सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना निर्माण देखि शिक्षक शिक्षिकाहरूको तलब साथै दिवा खाजा लगायत विभिन्न सवालमा भएको खर्च हामीले नै तिरेको करको पैसा हो जुन हामीले निजी विद्यालयमा पढाउँदा गर्ने खर्च भन्दा बढी हाम्रा नानी बाबुमा सरकाले खर्च गरेको छ । तर हाम्रो सानो हेल्चेक्राईले गर्दा सामुदायिक विद्यालयमा पढ्ने नानीबाबु सफा सम्म भएर विद्यालय जाँदैनन् । यसमा हामीले ध्यान दिनु आवश्यक छ । उहाँले भन्नुभयो ।


सामुदायिक विद्यालयमा सानो सुधार गर्ने हो भने निजी भन्दा सामुदायिक विद्यालय अव्वल हुने छन् भन्ने उदाहरण भक्तपुरका दर्जन भन्दा बढी सामुदायिक विद्यालयले साबित गरी सकेको बताउँदै उहाँले अबको केही वर्षमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न सोर्स फोर्स लगाउनु पर्ने दिन आउने बनाउन हामी सबै एक भएर लाग्नु पर्ने उहाँले बताउनुभयो ।
विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रममा समाजसेवी प्रद्युम्न पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण ढुङ्गाना लगायत विद्यालयका शिक्षक शिक्षिका एवं स्थानीयको उपस्थिति रहेको थियो ।
उक्त कपडाको सहयोग क्यानेडियन नागरिक Michael Dunn ले गर्नु भएको थियो । उहाँले अन्य विभिन्न विद्यालयमा पनि शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्दै आउनुभएको प्रद्युम्न पोखरेलले जानकारी दिनुभयो ।