मकवानपुर रिकभरिङ समूहका सञ्चालक संदिप शाक्य सम्मानित

139

राजेश दिदिया

हेटौँडा । मकवानपुर रिकभरिङ समूहका सञ्चालक संदिप शाक्य सम्मानित हुनुभएको छ ।

रेडियो मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको सामुदायिक सम्मानबाट यो वर्ष मकवानपुर रिकभरिङ समूहका संचालक तथा कार्यकारी निर्देशक संदिप शाक्य सहित हेटौँडा १७ हटियाका धार्मिक अगुवा नारायण भट्टराई सम्मानित हुनुभएको हो ।

उहाँहरूलाई नगद १० हजार दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

एक दशक देखि लागु औषध प्रयोगकर्ताहरूलाई कसरी सुधार्न सकिन्छ भनी रिकभरिङ समूह सञ्चालन गर्दै समुदायलाई नशा मुक्त समुदाय निर्माणका लागि योगदान दिँदै आउनुभएका शाक्यलाई रेडियोले सम्मान गरेको हो ।

मकवानपुरको अग्रिण सुधार केन्द्रका रूपमा रहेको मकवानपुर रिकभरिङ समूह सञ्चालन गर्दै आउनुभएका उहाँ लगायत उहाँको टिम मकवानपुरलाई नशा मुक्त बनाउन दिन रात खटिँदै आउनुभएको छ ।

यस्तै भट्टराई ४ दशक बढी समय देखी सनातन धर्मको संरक्षण सँगै नेपाल र भारतको विभिन्न स्थानमा आफ्नै अगुवाइ एवम् लगानीमा समेत मन्दिर र धर्मशाला निर्माण गर्दै आउनुभएका एक पात्र हुनुहुन्छ ।

कार्यक्रममा रेडियो मकवानपुरको उत्कृष्ट वर्ष कर्मचारीबाट पोस्टराज अधिकारी कुमार सम्मानित हुनुभएको थियो  ।

समाचार शाखामा कार्यरत उहाँलाई नगद ७ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित हुने सम्पूर्णलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, रेडियो मकवानपुर अध्यक्ष आनन्दराम पराजुली लगायतले सम्मान  गर्नुभएको हो ।