काभ्रेको पनौतीबाट ७३ बोरा गाँजा सहित तीन जना पक्राउ

54

काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नम्वर ५ आइटी पार्क नजिकबाट प्रहरीले ७३ बोरा गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

आइटी पार्क नजिक बनेपा पनौती सडक खण्डमा सवारी चेक जाँचका क्रममा प्रहरीले ७३ बोरा गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडीबाट अप्रशोधित गाँजा भर्खर काटेको जस्तो हरियो देखिने प्लास्टिकको विभिन्न साइजको ७३ बोरामा २८५ केजी गाँजा, पक्राउ गरेको हो ।

प्रहरीले ७३ बोरा गाँजा गाँजा ओसार प्रसारमा प्रयोग भएको गाडी सहित ३ जना मानिसहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मानिसहरूलाई इलाका प्रहरी कार्यालय बनेपामा ल्याई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा गाडी चालक नुवाकोट विदुर ११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने बुद्धमान तामाङ, रामेछाप जिल्ला रामेछाप न.पा.८ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने को सञ्जीव तामाङ, रामेछाप ८ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने की विमला तामाङ रहेका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।