गजलकार एवं पत्रकार विकास प्रहरले नवौँ गजल साँझ गर्दै 

91

भक्तपुर । गजलकार एवं पत्रकार विकास थापा(प्रहर)ले नवौँ गजल साँझ गर्दै हुनुहुन्छ । लामो समय देखि गजल लेखन तथा सिकाइमा जुट्दै आउनुभएका प्रहरले गजलको विकास गर्ने लक्ष्यका साथ गजल साँझ गर्दै आउनुभएको छ ।

भक्तपुर तथा काभ्रे सम्म पुगेर विभिन्न स्थानमा गजल साँझ गर्दै कार्यक्रमबाट उठेको पैसाले विभिन्न व्यक्तिहरूलाई सहयोग समेत गर्दै आउनुभएका प्रहरलाई गजलमा गायन तर्फ साथ राज सागरले दिँदै आउनुभएको छ ।

गजल लेखनमा अव्वल रहनुभएका प्रहरले आफ्नै नवौँ संस्करण चाँगुनारायण नगरपालिका वडा नम्वर २ स्थित सिटी बैंकिटमा गर्न लाग्नु भएको उहाँले जानकारी दिनुभयो ।