असोज १ गतेबाट स्वतस्फूर्त गाडी चलाउने व्यवसायी र मजदुर संगठनको घोषणा

222

यातायात व्यवसायीहरुले असोज १ गतेबाट स्वतस्फूर्त रुपमा सार्वजनिक यातायात संचालन गर्ने भएका छन् ।
बुधबार बसेको यातायात क्षेत्रसंग सम्बद्ध विभिन्न संघसंस्थाहरुको संयुक्त बैठकले सरकारले अझै सार्वजनिक यातायात संञ्चालन गर्ने वातावरण नबनाए असोज १ गतेबाट स्वतस्फूर्त गाडी सडकमा निकाल्ने निर्णय गरेको हो ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघठन र नेपाल यातायात मजदुर संघको संयुत्त कार्यदलले यस्तो निर्णय लिएको हो ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चैत्र ११ गते बाट लकडाउनको घोषणा गरी साउन ७ गते खुलाएको थियो । त्यसको केही दिनमा नै देशका अधिकांश क्षेत्रमा निशेधाज्ञा गरे पश्चात लामो समय देखी सार्वजनिक सवारी ग्यारेजमै थन्किएका छन् भने यातायात क्षेत्र नै तहसनहस बन्ने अवस्थामा पुगेको छ । लकडाउन र निषेधाज्ञा अवधिको सम्पूर्ण कर मिनाहा गर्न पनि सरकारसंग माग गरेको छ ।

यस्तै सार्वजनिक यातायात ग्यारेजमा थन्किएको अवस्थामा निजी सवारीले धमाधम भाडा लिई यात्रु ओसारपसार गर्दा पनि सरकार मुकदर्शक बनेको भन्दै त्यस्ता सवारीलाई तत्काल कारबाही गर्न पनि माग गरेको छ । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण यातायात व्यवसायीसंगै मजदुरहरु पिडित बनेका छन् ।