घटना घटेको ३५ दिनभित्र दर्ता गर्न स्थानीय निकायको आग्रह

184

भक्तपुर । सरकारले २०८१ वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेसँगै स्थानीय निकायहरुले व्यक्तिगत घटना दर्ता गर्ने कार्यलाई अभियानकौ रुपमा सुरु गरेको छन् ।
व्यक्तिको कानुनी पहिचान र राज्यबट प्रवाह हुने विभिन्न सेवा प्रात्तिका लागि घटना घटेको ३५ दिनभित्र आफ्नो वडा कार्यालयबाट घटना दर्ता गराउन स्थानीय तहहरुले आग्रह गरिएको हो ।
महानगर, उपमहानगर, नगर,गाउँपालिकाले व्यक्तिगत घटना दर्ता गराउका लागि स्थानीयलाई सूचना, जानकारी गराउँदै सचेतना अभियानका कार्यक्रम सञ्चालन गरेको छ ।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराइ जस्ता व्यक्तिगत घटना घटेको ३५ दिनभित्र निःशुल्क रुपमा आआफ्नो वडा कार्यालयमा दर्ता गर्न सबैलाई स्थानीय निकायहरुले आग्रह गरेको छन् ।