भक्तपुरबाट हेटौडा जाँदैगरेको स्कुटर दुर्घटना गौतमको मृत्यु

256

भक्तपुर । दक्षिण ललितपुरको झाँक्रिडाँडा भिरमा स्कुटर दुर्घटनापछि खस्दा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भट्टेडाँडाका अनुसार दक्षिण ललितपुरको वागमती गाँउपालिका ३ झाक्रिडाँडा भिरबाट स्कुटर खसेपछि चलकको मृत्यु भएको हो ।
भक्तपुरबाट हेटौडा तर्फ गइरहेको बागमती प्रदेश ०२–०४२ प ७९२६ नम्बरको स्कुटर झाक्रिडाँडा भिरबाट खसेपछि चालक रोहित गौतमको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनको शव ३ सय मिटर तल भिरमा भेटिएको थियो । स्कुटर भने अझै तलभिरमा अड्किएको अवस्थामा रहेको छ । विहीबार १२ बजेको समयमा दुर्घटना भएको थियो । अप्ठ्यारो भिरबाट साँझपख शव निकालेर पाटन अस्पतालमा पोष्ट मार्टमका लागि पठाइएको प्रहरीको भनाई छ ।
दुर्घटनापछि स्थानीय बासिन्दाले भट्टेडाँडा प्रहरीलाई खबर गरेका थिए ।

गौतम विहान कलेज हिडेको र सम्पर्क विहिनी भएको भन्दै खोजी कार्यको लागि फेसवुकमा हेल्प पोस्ट परिवारजनबाट अपलोड भएको थियो ।

कान्तिलोकपथ सडकखण्डमध्ये झाक्रिडाँडा छपेली भीर डरलाग्दो मानिन्छ । यो भीरमा पटक पटक सवारी साधन खसेर दुर्घटना भइरहेको छ । तर सडकमा सुरक्षाका लागि भरपर्दो बार छैन ।
पछिल्लो समय काठमाडौंबाट संघीय राजधानी हेटौडा जाने सवारीसाधनको कान्तिलोकपथमा चाप बढेको छ । दुर्घटनास्थलमा भेटिएको व्युबुकको आधारमा उनको पहिचान भएको थियो ।

घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।