महालेखाको प्रतिवेदन कोन्ज्योसोम गाउँपालिकाको शून्य बेरुजु

85

ललितपुर। कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९- ८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको छ ।
शून्य बेरुजु कायम गरेर कोन्ज्योसोम गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्न उच्च प्राथमिकता दिएको प्रष्ट भएको छ । देशभरका ७५३ स्थानीय तह मध्ये कोन्ज्योसोम गाउँपालिका पनि शून्य बेरुजु कायम भएको गाउँपालिकाको सूचिमा परेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आर्थिक अनुशासन कायम गरिएकाले गाउँपालिकाको शून्य बेरुजु कायम भएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकाले आगामी वर्षहरुमा पनि बेरुजु शून्य कायम गर्नका लागि निरन्तर रुपमा जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।