विद्यार्थीमा देशप्रेमको भावना अनिवार्य रुपमा हुनुपर्ने

69

भक्तपुर । वागीश्वरी मा.वि. कमलविनायकमा शैक्षिक सत्र २०८१ मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरियो । साथै कार्यक्रममा शै.स. २०८० सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य छोरीमै“या सुजखुको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहा“ले विद्यार्थीहरु पाठ्यपुस्तकमा मात्र सीमित नभई देशको समसामयिक विषयमा अद्यावधिक भई रहनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीमा देशप्रेमको भावना अनिवार्य रुपमा हुनुपर्ने भन्दै उहा“ले हाम्रो जन्मभूमि जन्म दिने आमा जतिकै हुन्† नेपाल आमाको सेवामा हामी समर्पित हुनकै लागि हामीले पढ्ने हो भन्नुभयो ।
कार्यक्रममा विद्यालयका संयोजक ज्ञानसागर प्रजापतिले शिक्षा मन्त्रालयले हालै वागीश्वरी स्कुललाई देशका उत्कृष्ट १५ विद्यालयमध्येको एक भनी सार्वजनिक गरेको तथ्यमाथि प्रकाश पार्दै भन्नुभयो— हामी अरु कसैस“ग प्रतिस्पर्धा नगरी आफैस“ग प्रतिस्पर्धा गरेर अघि बढ्छौ“ । गत वर्षभन्दा यो वर्ष र यो वर्षभन्दा आगामी वर्ष प्रगति गर्न सबै आफू आफैस“ग प्रतिस्पर्धा गरौ“† त्यसको लागि हामी विद्यार्थी—विद्यार्थी, शिक्षक—विद्यार्थी, विद्यालय— अभिभावकहरुबीच आपसमा हातेमालो गर्छाै“ ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुशासन नै विद्यार्थीको गहना भएकाले वागीश्वरी नमुना स्कुल बन्न विद्यार्थीको अनुशासनले साथ दिएकोमा विद्यार्थीहरुको प्रशंसा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्र.अ. द्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालका साथै कार्यक्रम आयोजक समितिका संयोजक विश्वराम प्रजापति र विद्यार्थी सम्भवी प्रजापतिले पनि स्वागत तथा शुभकामना मन्तव्य दिनुभएको थियो । पहिलो चरणको कार्यक्रमपछि विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम भएको थियो ।