एक अर्ब ४ करोड भ्रष्टाचार आरोपमा गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध मुद्दा

54

काठमाडौं । एक अर्ब ४ करोड भ्रष्टाचार आरोपमा गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि एक अर्ब ४ करोड विगो मागदाबीसहितको आरोपपत्र विशेष अदालतमा दर्ता भएको आयोगका सूचना अधिकारी उपसचिव देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सामेबार पाँच वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।